हिमालय एअरलाइन्सले युएईमा उडान गर्ने

हिमालय एअरलाइन्सले युएईमा उडान गर्ने

युएई, बैशाख ६–हिमालय एअरलाइन्सले यही अप्रिल २८ देखी नियमित रुपमा युएई सिधा उडान गर्ने भएको छ ।
हिमालय एअरलाइन्सको युएईका लागि टिकटको आधिकारिक विक्रेता (एजेन्सी) ग्रिनलाइन ट्राभलले दुबईमा पत्रकार सम्मेलन गरेर उक्त कुरा बताएको हो । ग्रिनलाइन ट्राभलको तर्फबाट बालकृष्ण खड्का र सुर्य गिरीले हिमालय एअरलाइन्सको युएई उडानको बारेमा जानकारी गराउदै काठमाण्डौ देखी दुबईमा रहेको अलमक्तुम अन्र्तराष्ट्रिय विमानस्थलमा सिधा उडान हुने बताए ।
हरेक आइतबार, सोमबार, विहीबार, शुक्रबार र शनिबार विहान नेपालको समय अनुसार १०ः४० मा काठमाण्डौबाट उडने र युएईको समय अनुसार दिउँसो १ः२५ मा अतवरण हुनेछ भने युएईबाट सोही दिन दिउँसो २ः२५ मा उडने र काठमाण्डौमा बेलुका ८ः२० अबतरण गर्नेछ । त्यसैगरी मंगलबार र बुधबार नेपालको समय अनुसार ११ः२५ मा काठमाण्डौबाट उडने र युएईको समय अनुसार दिउँसो २ः४० मा अतवरण हुनेछ भने युएईबाट सोही दिन दिउँसो ३ः१० मा उडने र काठमाण्डौमा बेलुका ९ः०५ अबतरण गर्ने उडान तालिका रहेको पनि जानकारी गराएका थिए ।
यात्रुले ३० केजी लगेज लैजान पाउने र ७ केजी हाते व्यागको प्राबधान रहेको पनि उक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उडानको क्रममा यात्रुहरुलाई खाना पानीको पनि व्यवस्था रहेको छ । अहिले शुरुवातमा युएई देखी काण्माण्डौ सम्मको एकतर्फी भाडा ४८० दिहराम र दुइतर्फी भाडा ९०५ दिहराम रहेको बालकृष्ण खड्काले बताए ।
युएईका लागि उडान गर्ने विमान १५८ यात्रुको क्षमता भएको हुनेछ । हिमालय एअरलाइन्सले अहिले कतार, मलेसिया र म्यानमारमा उडान गरिरहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल