उषादेखि बर्षासम्म फेसन शोका शोज टपर

उषादेखि बर्षासम्म फेसन शोका शोज टपर

काठमाडौं, बैशाख ५ – गरिब तथा पिछडिएका बालबालिकालाई सहयोग गर्दैे ‘कोरोना नेपाल’को सहयोगार्थ राजधानीमा एक भब्य फेसन शो आयोजना गरिएको छ ।

सानेपा स्थित इन्टर्नेशनल क्लबमा आयोजना गरिएको फेसन शोमा महिला तथा पुरुष गरि ३० मोडलले बिभिन्न आकर्षक पहिरन सहित र्याप्प नापेका छन् ।
‘फेशन फ्युजन’ नाम दिइएको उक्त फेसन शोमा मृग तृष्णा फेशन हाउसका डिजाईनर तृष्णा गुरुङले डिजाईन गरेको पहिरन अलग–अलग सिक्वेन्समा प्रस्तुत गरिएको थियो ।
साबित्री खत्रीको कोरियोग्राफी रहेको उक्त शोमा ब्युटी नाइट, हवेली पहिरन, मोक्टेल एन्ड कोक्टेल, अदा सारी र लोका टोका लगायत ५ सिक्वेन्समा मोडल र्याम्पमा उत्रिएका थिए । 
पूर्व मिस नेपाल (२०००) उषा खड्गी, अभिनेत्री सुरबिना कार्की, बर्षा राउत र ममता प्रधान शोज टपरका रुपमा प्रस्तुत भएका फेसन शोमा सिने गुरुङ, गायक प्रल्हाद तिमल्सिना र पप गायक उजन नेम्बाङ लगायतले संगीतिक प्रस्तुति राखेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल