इजरायलमा नमस्ते नेपालको समन्वय समितिः सिटौला संयोजक चुनिए

इजरायलमा नमस्ते नेपालको समन्वय समितिः सिटौला संयोजक चुनिए

इजरायल, बैशाख ५– इजरायलमा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको समन्वय समिति गठन भएको छ । डकम सिटौलाको संयोजकत्वमा ९ सदस्य समन्वय समिति चयन गरिएको हो ।

समितिमा सचिव शकुन्तला (सानु) खतिवडा, कोषाध्यक्ष कृष्णमाया सापकोटा चुनिएको छ भने सदस्यमा चीनु सुवेदी, रमेश रिजाल, निरु महर्जन, सावित्रा खड्का, मीरा थापा र निर्मला राय चयन भएका छन् ।

मनोरञ्जन, परोपकार र लगानी क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान” भन्ने मुल नाराका साथ चार वर्षअघि संस्था गठन गरिएको थियो ।

भेलामा गैरआवसीय नेपाली समन्वय परिषद इजरायलका अध्यक्ष दीपकप्रसाद ओलीले प्रमुख आतिथ्यको ग्रहण गरेका थिए ।

भेलामा बिशेष आतिथ्यमा संस्थाका केन्द्रीय अध्यक्ष रामशरण बानियाँ लगायत अन्य अतिथीहरु संस्थाका सल्लाहकारद्वय नवराज खड्का, बिशाल ज्ञवाली, प्रवासी नेपाली मंच इजायलका अध्यक्ष तीर्थ गौतम, नयाँ शक्ति पार्टी नेपाल प्रवास संगठनका बरिष्ठ उपाध्यक्ष कुमार पौडेल, झापाली समाज इजरायलका संरक्षक जय ओडारी, हाँस्य कलाकार मनोज गजुरेल, लोकदोहोरी गायक प्रकाश कटुवाल लगायतले शुभकामना दिएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल