ट्रेलरमा हेर्नुहोस् विल्सनको ‘रातो घर’

ट्रेलरमा हेर्नुहोस् विल्सनको ‘रातो घर’

काठमाडौं, बैशाख ५ – सुरज सुब्बा ‘नाल्बो’ निर्देशित जेठ १९ गतेबाट प्रदर्शनमा आउने चलचित्र हो । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्रले आफ्नो प्रचारलाई समेत तिब्र बनाएको छ ।


चलचित्र युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना सहित ट्रेलर रिलिज गरेको हो । कार्यक्रममा विल्सन विक्रम राई, संयम पुरी, गौरभ पहारी लगायत कलाकारको समेत सहभागीता रहेको थियो ।
चलचित्रका प्रस्तुतकर्ता निकेश लिम्बु हुन् । सुरज सुब्बा ‘नाल्बो’ र विल्सन विक्रम राइ निर्माता रहेको चलचित्रमा मेन्छा रुम्दालीको कथा छ । पटकथा पनि निर्देशक सुब्बाले नै गरेका हुन् ।
विल्सन विक्रम राई, संयम पुरी, गौरभ पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुँवर, उपशसना नेम्वाङ, श्याम राईको चलचित्रमा मुख्य भूमिका रहेको छ ।
विपीन मल्लको सम्पादन, महेश खड्का र डम्बर नेपालीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रोशन श्रेष्ठको एक्सन चलचित्रमा छ । यसै चलचित्रको ‘झकास झापाली’ बोलको गीत अहिले चर्चामा छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल