आस्था मिस टिन ग्लोब

आस्था मिस टिन ग्लोब

काठमाडौ, बैशाख ५ – मिस टिन ग्लोब २०१७ को उपाधि आस्था शाहले चुमेकी छन् । स्टार वन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा अयोजना गरेको प्रतियोगीतामा किशोरीहरु बीचका पहिलो संस्करणको मिस टिन ग्लोब २०१७ को उपाधी आस्था शाहले जितेकी हुन् ।
२७ प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रमूख उपाधि चुमेकी शाहले मिस व्युटिफुल उप उपाधीलाई समेत आफनो बनाएकी छिन्। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सुवर्णा सिंखडा फष्ट रनर्स अपका साथै मिस ट्यालेन्ट र मस्ट फोटोेजेनिक, रेशिमा थापा सेकेण्ड रनर्सअपका साथै फेशन आइकन, पुजा आचार्य थर्ड रनर्सअपका साथै युथ विथ रेस्पोन्सिबिलिटी तथा सजिता दाहाल फोर्थ रनर्स अपका साथै मस्ट आइकोनिक आइज घोषित भए ।
अश्विनि झाले कोरियोग्राफी गरेको कार्यक्रममा गायक आनन्द कार्की, नायक आयृष रिजाल, पत्रकार श्याम अर्याल, व्यांकर अनिता प्रधान, शिक्षाविदद्धय सुदन डोटेल र पुर्ण लामा तथा संगीतकार सरोज प्याकुरेल निर्णायक रहेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल