तोरी लाहुरेका हिरोले बनाउने भए ‘नेप्टे’

तोरी लाहुरेका हिरोले बनाउने भए ‘नेप्टे’

काठमाडौं, बैशाख ५ – अभिनेताहरु निर्माता बन्ने क्रम बढ्दो छ । यही भीडमा चलचित्र तोरी लाहुरेका हिरो रोहित रुम्बा पनि देखिएका छन् । उनले चलचित्र ‘नेप्टे’ निर्माण गर्न लागेका हुन् ।
चलचित्रको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण घोषणा भयो । दयाहाङ राई, रोहित रुम्बा, छुल्ठिम गुरुङ, माला लिम्बु, वुद्धि तामाङ लगायतको उपस्थिती रहेको थियो ।
आर रोशफी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने चलचित्रमा दयाहाङ, रोहित, छुल्ठिम, माला , वुद्धि , अर्जुन गुरुङ, श्याम राई , बाबु बोगटी, जय किशन बस्नेत, जयनन्द लामा, उत्तम केसीलगायतको अभिनय रहनेछ ।
रोहित रुम्बाको प्रस्तुति रहेको चलचित्रमा किरण माइकलको पटकथा तथा संवाद, रोहितकै कथा, हरि लामाको छायांकन, रोशन श्रेष्ठको एक्सन, बाबु बोगटी, रोहित रुम्बा, भानुभक्त ढकाल, यमनाथ मैनालीको संगीत रहनेछ ।

— चलचित्र सामाजिक कथावस्तुमा निर्माण गर्न लागेको निर्देशक देवकुमार श्रेष्ठले बताए ।
— कार्यक्रममा अभिनेता दयाहाङ राइले चलचित्रको कथावस्तु राम्रो रहेको सुनाए ।
—अभिनेत्री छुल्ठिम गुरुङले दयासँग अभिनय गर्ने रहर चलचित्रले पुरान गर्न लागेको बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल