नेपाली विजनेस काउन्सिल दुबईको दोस्रो साधारणसभा सम्पन्न

नेपाली विजनेस काउन्सिल दुबईको दोस्रो साधारणसभा सम्पन्न

युएई, बैशाख ५ – नेपाली विजनेस काउन्सिल दुबईको दोस्रो साधारण सभा दुबईस्थित रमदा झुमेराह होटलमा सम्पन्न भएको छ ।
काउन्सिलका अध्यक्ष डा. आसिफ अलि सिद्दिकीको अध्यक्षतामा सम्पन्न उक्त सभाका विशिष्ठ अतिथि दुबई चेम्बरका इकोनोमिक डिपार्ट सिनियर म्यानेजर मोहमद रसुल रहेका थिए ।

काउन्सिलले एक बर्षमा गरेका प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष सिद्दिकीले नेपाली विजनेसलाई अन्तर्राष्ट्रिय रुपमा प्रर्बद्धन गर्न लागि पर्ने बताए । कार्यक्रममा काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाले रिक्त रहेको पदपुर्ति गर्नुका साथै विभिन्न उपसमितिहरु गठन गरेको छ । रिक्त पद उपाध्यक्षमा नेत्र शर्मा र उमेश न्यौपाने तथा सदस्यहरुमा सुर्य गिरी र इश्वर न्यौपानेलाई चयन गरेको छ । सभाले एकेन्द्र थापाको संयोजकत्वमा सदस्यता वितरण समिति गठन गरेको छ । जसका सदस्यहरुमा दिपक पौडेल, नेत्र शर्मा, इश्वर उपाध्याय र बालकृष्ण खड्का छन । त्यसैगरी नेत्र शर्माको संयोजकत्वमा लोकेन्द्र बम र हरीश शर्मा सदस्य रहने गरी इभेन्ट समिति गठन गरेको छ ।
काउन्सिलका अध्यक्ष डा. आसिफ अलि सिद्दिकीको संयोजकत्वमा चन्द्र प्रसाद सापकोटा, मोहन शर्मा, उमेश न्यौपाने, सालिक सुवेदी, लक्ष्मी शर्मा र सुर्य गिरी सदस्य रहने गरी अन्तर्राष्ट्रिय व्यापार प्रर्वद्धन समिति पनि गठन गरिएको छ ।
त्यसैगरी सचिव दिपक पौडेलको संयोजकत्वमा मिडिया तथा प्रोटोकोल समिति गठन भएको छ । जसको सदस्यहरुमा क्रमशः त्रिलोचन कोइराला, सालिक सुवेदी, पुष्कर शर्मा र नारायण छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल