‘ग्लोबल नेपाल फेस्ट डीसी २०१७’ सम्पन्न

‘ग्लोबल नेपाल फेस्ट डीसी २०१७’ सम्पन्न

वाशिंगटन डिसी, बैशाख ५ – अमेरिकामा भिन्तुना ईनटरनेसनलले आयोजना गरेको ‘ग्लोबल नेपाल फेस्ट २०१७ डीसी’ नामक महोत्सव सफलता पूर्वक सम्पन्न भएको छ । उक्त महोत्सवमा नेपाल झल्काउने कार्यक्रमका साथै चित्रकला प्रदर्शन ,योगा तथा ध्यान सत्र सहित विविध कार्यक्रम भएका थिए ।
नेपालका संगीत ,कला ,पर्यटक ,संस्कृति ,कलाकार ,हस्तकला ,चित्रकला ,भेषभूषा आदिलाई प्रबर्धन गर्ने हेतुले उत्सवको आयोजना गरिएको आयोजकसुरेश सापकोटाले बताए । सापकोटाले यसलाई निरन्तरता दिन आगामी अप्रिल २९ तारिखमा बाल्टिमोरमा पनि यस्तै कार्यक्रम गरिने बताए ।
अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सम्पन्न उक्त उत्सवमा नेपालका लागि पूर्व अमेरिकन राजदुत स्कट डेलेसी ,अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की मेरिल्याण्ड इन्डियन हेड नगर पालिकाका नेपाली मूलका निर्वाचित उपनगर प्रमुख किरण सिटौला ,गैर आवासीय नेपाली संघ अमेरिकाका संस्थापक अध्यक्ष सुमन तिम्सिना लगायत अन्य संघरसंस्थाका प्रतिनिधि तथा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
चित्रकला प्रदर्शनीमा नेपाली मूलका कलाकारहरु राजेन्द्र केसी ,एरिना ताम्राकार ,आशा डंगोल ,सागर मानन्धर ,रबिता केसी ,दिभा प्रधान ,किरण मानन्धर ,सम्झना राज भण्डारी ,चन्द्र श्रेष्ठ तथा कृष्ण गोपाल रंजित सहभागी थिए भने कलाकार राजेन्द्र केसीले प्रत्यक्ष चित्र बनाएका थिए ।
कार्यक्रममा नेपाली हस्तकलाका सामग्री ,बौद्ध स्तुप ,पशुपतिनाथ मन्दिर पनि सजाइएको थियो । नेपाली मौलिक मादलको साथै नेवा समुदायको महिला समुहले नृत्य प्रस्तुति गरेको थियो भने कलाकार श्याम नेपालीले मादलको साथमा सारंगी बजाएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल