सुनिल ग्रोवरलाई ऋषि कपुरद्वारा कपिलको शो मा फर्कन आग्रहः डा. गुलाटीले दिए यस्तो जवाफ

सुनिल ग्रोवरलाई ऋषि कपुरद्वारा कपिलको शो मा फर्कन आग्रहः डा. गुलाटीले दिए यस्तो जवाफ

बीबीसी

बैशाख ५ – अभिनेता ऋषि कपूरले निकै रमाइलो तरिकाले हास्यकलाकार सुनिल ग्रोवरलाई ‘द कपिल शर्मा शो’ मा फर्कनका लागि अपिल गरेका छन् जसलाई सुनिलले निकै राम्रो तरिकाले जवाफ दिएका छन् ।

ऋषि कपुरले सुनिल ग्रोवरलाई आइपीएलमा खेलिरहेका एक क्रिकेट खेलाडीसँग तुलना गर्दै लेखे, ‘सन राइजर्स हैदराबादको समूहमा कपिल शर्माजस्तो देखिने एक खेलाडी छन् । के कसैले सुनिल ग्रोवरजस्तो देख्ने खेलाडी कुनै टिममा देखेका छन् ? मिल्नुहोस् साथीहरु ।’

सुनिल ग्रोवरले ऋषि कपूरको ट्वीटको जवाफ दिँदै लेखे, ‘सर, म यो सिजनमा खेल्ने छैन किनभने म अवकाशप्राप्त घाइते हुँ ।’

अर्थात् इसाराले नै भएपनि सुनिल ग्रोवरले कपिलको कार्यक्रममा फर्कने सम्भावना खारेज गरिदिएका छन् ।

ऋषि कपुरले ट्वीट गरेको केही समयपछि नै उनका प्रशंसक दुई खेमामा बाँडिए । कोही कपिलका समर्थक, कोही भने सुनिल ग्रोवरको पक्षमा उभिए ।

@vaishnavi_k9 लेख्छिन्, ‘सुनिल ग्रोवरको भाउ केही धेरै नै बढेको छ सर । पहिले पनि उनी कपिलको कार्यक्रम छोडेर नयाँ कार्यक्रममा गएका थिए । फेरी फ्लप भएर फिर्ता आए ।

कपिलका एक प्रशंसक @AnyaSharma56 ले लेखे, ‘सर, म सुनिलसँग अपिल गर्ने विरुद्धमा छु । उनी आफ्नो लागि सहानुभुती मात्र चाहन्छन् ।’

यस्तै, सुनिलको समर्थन गर्नेहरुको पनि कमी थिएन ।

@itsamanpreet  लेख्छन्, ‘कपिल जी माफ गर्नुहोस् । सुनिल ग्रोवरले तपाईंजस्तो बकवास जोक गर्दैनन् ।

यस्तै, @DiksshaK भन्छन्, सुनिल जी कपिललाई माफ गरिदिनुहोस् र कार्यक्रममा फिर्ता हुनुहोस्, हामी तपाईंलाई मिस गरिरहेका छौं ।’

स्मरण रहोस्, सुनिल ग्रोवर र कपिल शर्माबिच एक फ्लाइटभित्र कपिल र सुनिलबिच झगडा भएको थियो जसका कारण सुनिल ग्रोवरले कपिल शर्माको कमेडी शो, ‘द कपिल शर्मा शो’ मा आउन बन्द गरेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल