एमएस्सी स्ट्रक्चरल इन्जिनियरिङ विषयमा पठनपाठन

५ वैशाख  |   रासस

एमएस्सी स्ट्रक्चरल इन्जिनियरिङ विषयमा पठनपाठन

पोखरा, ५ वैशाख – पोखरा विश्वविद्यालयले एमएस्सी स्ट्रक्चरल इन्जिनियरिङ विषयमा पठनपाठन सुरु गरेको छ ।

नेपालमा विनाशकारी भूकम्पपछिको विषम परिस्थितिमा देशको पुनःनिर्माणका सन्दर्भमा स्ट्रक्चरल इन्जिनियरिङको उपादेयता र महत्व बढ्न गएकाले विश्वविद्यालयले सो विषयमा पठनपाठन सुरु गरेको विश्वविद्यालयका रजिस्ट्रार गोविन्दप्रसाद शर्माले बताए ।

विश्वविद्यालयमा प्रथम पटक आङ्गिक कार्यक्रमका रूपमा सञ्चालित उक्त विषयमा हाल १५ जना विद्यार्थी भर्ना लिई पठनपाठन सुरु गरिएको छ ।

विश्वविद्यालयद्वारा सोमबार यहाँ आयोजित एक दिवसीय अभिमुखीकरण कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले विश्वविद्यालयको गुणस्तर अभिवृद्धिका लागि समयसापेक्ष कार्यक्रम सञ्चालन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले सबैको साथ र सहयोग प्राप्त भएमा अन्य विभिन्न विधामा पनि नयाँ कार्यक्रम सञ्चालन गरिने बताए ।

कार्यक्रममा विश्वविद्यलायका स्कुल अफ इन्जिनियरिङका डिन इ बुद्धिराज जोशी, स्कुल अफ इन्जिनियरिङका स्कुल निर्देशक इ अर्जुन गौतम, स्कुल अफ इन्जिनियरिङका प्रा डा टेकराज ज्ञवाली र विश्वविद्यालय एनआइटेक परियोजनाका निर्देशक प्रा डा योनसिकहानले स्ट्रक्चरल इन्जिनियरिङको महत्व सम्बन्धमा आआफ्ना धारणा राखे ।

विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालका अनुसार अभिमुखीकरणमा प्रा डा पद्मबहादुर शाही, इ सन्तोष श्रेष्ठ, डा इन्द्रप्रसाद आचार्य, प्रा डा किम, इ महेन्द्रबहादुर गोदार, प्रा डा गोकर्णबहादुर मोत्रा, डा हेमचन्द्र चौलागाईंलगायतले सहजीकरण गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल