नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डमा सापकोटा

नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डमा सापकोटा

स्वीटजरल्याण्ड, वैशाख ४– नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको अध्यक्षमा श्याम सापकोटा चयन भएका छन् ।

सापकोटाको अध्यक्षतामा ९ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो । नेपालको चितवन जिल्लामा जन्मेका सापकोटा बिगत १५ वर्षदेखि स्वीटजरल्याण्डको जेनेभामा बस्दै आएका छन् ।

नव निर्वाचित समितिको अध्यक्षमा श्याम सापकोटा, उपाध्यक्षमा प्रकाश पौडेल, महामन्त्रीमा तिलक थापा, सह–महामन्त्रीमा सरोज घिमिरे, कोषाध्यक्षमा बीरु गुरूङ चुनिएका छन् ।

यस्तै, सदस्यहरु कातियानी न्यौपाने, बिजय शर्मा “दर्पण”, रेशम खत्री र दिपेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै समितिको संरक्षकमा समितिका निवर्तमान अध्यक्ष रामकुमार महत्तो र प्रवक्तामा सदस्य बिजय शर्मा “दर्पण” लाई सर्बसम्मतिले मनोनित गरेको हो ।

प्रमुख अतिथि तथा नेपाली कांग्रेसका प्रतिनिधि नेपाली जन सम्पर्क समिति, बेल्जियमका संस्थापक अध्यक्ष ध्रुव पौडेल, बिशेष अतिथिमा नेपाली जन सम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष तथा पर्यटनदुत चिन्तामणि सापकोटा, जनसम्पर्क समिति स्विट्जरल्याण्ड पूर्व अध्यक्ष गुणराज शर्मा र अतिथि नेपाली जन सम्पर्क समिति नेदरल्याण्डका बरिष्ठ सल्लाहकार हरी पौडेलका साथै पर्यटनदुत कमल भट्ट , गैरआवासीय नेपाली संघ स्वीसका अध्यक्ष हीराबल गुरुङ , प्रवासी नेपाली मंच स्वीसका अध्यक्ष संजय मुडवरी , जनप्रगतिशील मंच स्वीका अध्यक्ष श्याम घले , बर्न समाजका अध्यक्ष बिष्णु थापा , नेपाल पत्रकार महासंघ युरोपका संस्थापक अध्यक्ष्य दधि सापकोटा लगायतले अधिबेशनको सफलताको लागि शुभकामना दिएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल