बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख

बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख

म्याग्दी, बैशाख ४– बहराइनमा रहेका म्याग्देलीले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको सहयोग अभियानमा ११ लाख रुपैयाँ सहयोग गरेका छन् ।
म्याग्दी उद्धार समितिको कार्यक्रममा सहभागी हुन कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको टोली बहराइन पुगेको थियो । उक्त टोलीलाई बहराइनमा रहेका म्याग्देलीले ११ लाख रुपैया सहयोग गरेका कोषका अध्यक्ष राजेश शाक्यले बताए ।
आर्थिक रुपमा विपन्नलाई उपचारका लागि सहयोग गर्दै आएको कोषले रु डेढ करोडको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखेको छ । २०७१ सालमा स्थापना भएको संस्थाले हालसम्म ३५ जनाभन्दा धेरैको उपचारका लागि सहयोग गरिसकेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल