दीपेन्द्रको ‘घामपानी’लाई दर्शकको तारिफ

दीपेन्द्रको ‘घामपानी’लाई दर्शकको तारिफ

काठमाडौं, बैशाख ४ –समिक्षक समेत रहेका पत्रकार दीपेन्द्र लामाको चलचित्र ‘घामपानी’ प्रति दर्शकको मोह दिन प्रतिदिन बढ्दो छ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्रले प्रदर्शनको दुई दिन अर्थात शुक्रबार र शनिबार मात्र करोड माथीको ब्यवसाय गरेको थियो ।
आइतबार र आज सोमबार पनि ‘घापानी’को ब्यवसाय उत्साहजनक रहेको निर्देशक दीपेन्द्र लामाले बताए । दर्शकले माउथ पब्लिसिटी गर्दिएकोले पनि चलचित्रका दर्शक दिन दिनै बढिरहेको निर्देशक दीपेन्द्रको बुझाइ छ ।
चलचित्रले नियमित दर्शक देखि बौद्धिक बर्गसम्मलाई खुसी पार्न सफल भएको देखिएको छ । गीतकार राजेन्द्र थापाले चलचित्र हेरेपछि आफ्नो फेसबुकमा लेखेका छन् ‘गहिरो विषयलाई सरल र सहज तवरले दीपेन्द्रले प्रस्तुत गरेर घामपानी दर्शकका लागि पूरा प्याकेजको खुराक बनाएका छन् ’।
त्यस्तै पत्रकार गुणराज लुइँटेलले चलचित्र हेरेर खुसी व्यक्त गरेका छन् । उनले ‘घामपानी’ नेपालीले गर्व गर्ने चलचित्र बनेको प्रतिक्रिया दिएका छन् ।
अग्रज पत्रकार तथा लेखक नारायण वाग्लेले पनि ‘घामपानी’लाई एक उदाहरणीय फिल्मको संज्ञा दिए । मूलधारका सिनेमा सरल, शान्त, सारपूर्ण कथासहित बनाउन सकिन्छ भन्ने उदाहरण निर्देशक लामाले दिएको उनको दाबी छ ।
चलचित्रका लेखक समेत रहेका उपन्यासकार नयनराज पाण्डेले ‘ब्यावसाहिक चलचित्र बनाउने नाममा अनेक तामझाम र उटपट्याङ गर्दै पर्दैन । सरल पटकथा ,सुललित प्रस्तुति र बौलिक विम्बलाई सहज किसिमले प्रस्तुत गरिदिए मात्र पनि सुन्दर र रोचक चलचित्र बनाउन सकिन्छ भन्ने उदारण ‘घामपानी’ले दिएको छ भनेका छन् ।

चलचित्र ‘घामपानी’ दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङलगायतको मुख्य भूमिका रहेको छ । देशभरका ७० भन्दा बढी पर्दामा चलचित्र एकसाथ प्रदर्शनमा आएको हो ।
अन्तरजातीय प्रेमकथा र युवाहरुको संघर्षको कथा उठाइएको चलचित्र सिनेमा आर्ट, हाइलाइट्स नेपाल र टचलाईट प्रोडक्सनले मिलेर बनाएका हुन् । चलचित्रमा कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङको संगीत रहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल