बसन्त चौधरीको हिन्दी गीतमा स्वस्तिमा कर्माको मोडलिङ

बसन्त चौधरीको हिन्दी गीतमा स्वस्तिमा कर्माको मोडलिङ

काठमाडौं, वैशाख ४ –‘लभ लभ लभ’ अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता कर्माले अभिनय गरेको हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ ।

गायिका निती मोहनको आवाजमा रहेको ‘एक पल जिन्दगी’ बोलको गीत माथी बनेको भिडियो टाइम्स् म्युजिकले आफ्नो युट्युव मार्फत सार्वजनिक गरेको हो ।

भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा स्वस्तिमा र कर्माको रोमान्सका पल देखाइएको छ ।

चौधरी गु्रपले निर्माण गरेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । गीतका शब्द बसन्त चौधरीले लेखेका हुन् भने संगीत शुसान्त र शंकरको रहेको छ । भारतमा रेकर्ड भएको यो गीतको भिडियो नेपालको हात्तिवन वरिपरि छायाँकन गरिएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल