शुल्क नबढाएको प्याब्सनको दावी

शुल्क नबढाएको प्याब्सनको दावी

झक्तपुर, बैशाख ४ – निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन, नेपाल ‘प्याब्सन’ले निजी विद्यालयहरुले शैक्षिक शुल्क नबढाएको दावी गरेको छ । प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले शुल्क बढाएको भन्ने समचार गलत भएको दावी समेत गरेका छन् ।


सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सम्बाहाम्फेले अभिभावकहरुको भेला बलाएर तीन महिना अघि नै शुल्क सम्बन्धि मापदण्ड तय गरेको पनि बताएका छन् ।

तर, प्याव्सन अध्यक्षको यस्तो दावी भएपनि निजी विद्यालयहरुले जथाभावी शुल्क लिएको भन्दै चौतर्फि विरोध भईरहेको छ ।

अध्यक्ष सम्बाहाम्फेले आफ्नो हैसियत अनुसारको विद्यालयमा पढाउने काम अभिभावकहरुको भएको र त्यसमा निजी विद्यालयले कुनै दवाव नदिएको पनि जनाएका छन् ।

प्याब्सनले सरकारले तय गरेको मापदण्ड विपरित शैक्षिक शुल्क असुल गरेको आरोप लगाउँदै विभिन्न दल आवद्ध विद्यार्थी संगठन तथा अभिभावकहरुले आपत्ति जनाउँदै आएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल