९८ दिनको बसाइपछि मुसहर बस्तीबाट बिदा भए धुर्मुस–सुन्तली (फोटोफिचर)

९८ दिनको बसाइपछि मुसहर बस्तीबाट बिदा भए धुर्मुस–सुन्तली (फोटोफिचर)

काठमाडौैं, चैत ४–महोत्तरीस्थित  मुसहर बस्तीबाट सीताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात धुर्मुस–सुन्तली बिदा भएका छन् । ३ महिनामा घरबार बिहिन ५३ मुसहर परिवारलाई चिटिक्क परेका आकर्षक भूकम्पप्रतिरोधी घर दिएर उनीहरुले सोमबारदेखि बिदा लिएका हुन् ।

बैशाख १ गते नयाँ बर्षको पहिलो दिन पारेर एक औपचारिक समारोहका बिच उनीहरुले मुसहर समुदायलाई एकीककृत नमुना मुसहर बस्तिको हस्तान्तरण गरेका थिए ।


बिदाई हुँदै गर्दा धुर्मुसले भनेका छन्– “नेपालका धर्ती पुत्र मुसहर दाजुभाई दिदीबहिनीहरुले गरेको विदाइको सम्मानले निकै भावुक बनायो । जुन खुशीका लागि हामीले काम गरेका थियौं, त्यो खुशीले सार्थकता पाएको हामीले महसुस गरेका छौं ।”

उनले सुन्दर घरसंगै उहाँहरुको जिन्दगी सफल बनोस् भन्ने सुभकामना समेत दिएका छन् । साथै मुसहरहरुको खुसीका लागि नमुना बस्ति बनाँउनका लागि सहयोग पु¥याउने सहयोगी हातहरुलाई शुभकामना दिएका छन् ।

यसअघि भूकम्प प्रभावितका लागि काभ्रेको पहरी बस्ति र सिन्धुपाल्चोकको गिराउञ्चौर एकीकृत नमुना बस्ति बनाइसकेका धुर्मुस सुन्तली फेरी पनि केही सहयोगी काम गर्ने बिचारमा थिए ।

उनीहरुले सिन्धुपाल्चोकमा गिराउञ्चौर बस्ति बनाँइ सकेर बाँकी रहेको १ करोड ३ लाख रकमबाट मुसहर बस्ति बनाँउन शूरु गरेका थिए । सकारात्मक सोचका साथ उनीहरुले थालेको पवित्र कामका लागि देश–बिदेशमा रहेका नेपालीहरुले सहयोगका लागि हात बढाएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल