बंगला च्यानलमा ढाका टोपी लगाइ यसरी गाइयो नेपाली गीत, नेपालमा वाहवाही (भिडियो)

बंगला च्यानलमा ढाका टोपी लगाइ यसरी गाइयो नेपाली गीत, नेपालमा वाहवाही (भिडियो)

काठमाडौं, बैशाख ४ – जिटिभीको बंगला च्यानलमा प्रशारण हुने ‘सारेगमप’ कार्यक्रममा ढाका टोपी लगाएका दुई कलाकारले नेपाली गीत गाएका छन् ।

दुईमध्ये एकले ‘कान्छी हे कान्छी’, ‘सिम्पल सिम्पल कान्छी को’, ‘मायालु मायालु तिम्रो माया मेरो मनमा छ’ भनी तीनवटा नेपाली गीत गाएका छन् भने अर्का एकजनाले बलिउडको चर्चित गीत गाएका छन् ।

उक्त प्रस्तुतीको भिडियो जी बाङ्लाले चार दिन अघि आफ्नो फेसबुक पेजमा अपलोड गरेसँगै यसले नेपालमा तहल्का मच्चाएको छ । उक्त भिडियोलाई अहिलेसम्म दुई लाखभन्दा बढिले हेरिसकेका छन् भने यसमा कमेन्टको ओइरो लागेको छ । यसमार्फत सयमले ‘पर्फमर अफ द डे’ को उपाधि जित्न सफल भएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल