साँइलीको लोकप्रियता पछि बन्यो ए, साइला गीत (भिडियोसहित)

साँइलीको लोकप्रियता पछि बन्यो ए, साइला गीत (भिडियोसहित)

काठमाडौं, बैशाख ४– सांगीतिक बजारमा यतिखेर साँइला–साँइलीको चर्चा छ, जसले पक्कै गाउँघर तथा प्रदेशिएका कति साँइला–साँइलीहरु फुरुंग भएको पनि हुनसक्छ ।
यस्तैमा गायिका अनिला राईले प्रदेशिएका साँइलाहरुलाई गीतमार्फत सम्झिेकी छन् । अनिलाको ‘ए, साँइला…’ बोलको गीत राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । भिडियो सहित सार्वजनिक गीतमा आफू गाउँघरमा घाँसपात गर्दै प्रदेशिएका आफ्ना साँइलालाई प्रेमभावपूर्ण सम्झिएको छ ।
पत्रकार एमपी सुब्बाले निर्देशन गरेको भिडियोमा साँइलीको भूमिकामा मोडल तथा अभिनेत्री निशा लिम्बू पोमुलेले अभिनय गरेकी छन् भने अभिनेता दिक्पाल कार्की प्रदेशिएका साँइला बनेका छन् । गीतको भावअनुसार निशा र दिक्पालले जीवन्त अभिनय गरेका छन् ।
भिडियो रिजिलकै दिन निशाले जन्म दिन समेत बनाएकी छन् । भिडियोमा निशा र दिक्पालका अलावा पत्रकार कुबेर गिरिलगायतको पनि अभिनय हेर्न सकिन्छ ।
फोटो पत्रकार तथा म्युजिक भिडियो निर्देशक समेत रहेका नविनबाबु गुरुङको छायांकन रहेको ‘ए साँइला’ को शब्दरचना हेमकुमार राईले गरेका हुन् भने संगीत डाक्टर किरातको रहेको छ ।
एक दशकदेखि बेलायतका बस्दै आएकी गायिका अनिलाको यो पछिल्लो एल्बम ‘स्वरांकन’ मा यो गीत समावेश छ ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल