निरौलालाई झापालीले गरे सहयोग

निरौलालाई झापालीले गरे सहयोग

यूएई बैसाख ३– दुबई सरकारलाई हर्जाना तिर्न नसकी दुबईमा बस्न बाध्य झापाका सरोज निरौलालाई झापाली समाज युएईले ११ सय ५० दिराम आर्थिक सहयोग प्रदान गरेको छ ।

झापा घर भएका सरोज निरौला बिगत ८ महीनाअघि भिजिट भिसामा यूएई आएका थिए । यूएई आई पैसा साटने क्रममा उनी केहि नक्कली बिदेसी पैसासहित पक्राउ परेका थिए ।
नेपाल बाट आउदा आफ्नो खर्चको लागि भनि नेपालबाट साटेर ल्याएको अमेरिकी ५० डलर नक्कली भेटिएपछि उनी प्रहरी हिरासतमा परे ।

आठ महिनापछि छाडिए पनि पुनः दुबईमा तोकिएको समय भन्दा धेरै बसेको आरोपमा निरौलालाई नगद ५ हजार दिराम जरिवाता तोकिएपछि यूएईमै रोकिएका छन् ।

निरौलाले सहयोगका याचना गरेपछि झापाली समाज यूएईमा आबद्ध तथा यूएईमा बसोबार गर्दै आएका झापालीहरुले नगद ११५० दिराम अर्थात लगभग नेपाली ३३ हजार हजार रुपैया सहयोग गरेका छन् ।

झापाली समाज यूएईका अबुधाबी छेत्रिय कार्यबाहक अध्यक्ष थानबहादुर दाहाल तथा झापाली समाजका नमस्ते भाइका संरक्षक हेमसागर भट्टराईले निरौलालाई उक्त सहयोग रकम हस्तांतरण गरेका हुन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल