कोमल वलीले यसरी गरिन् प्रेमको खुलासा

कोमल वलीले यसरी गरिन् प्रेमको खुलासा

काठमाडौं, बैशाख ३ – संचारकर्मी समेत रहेकी चर्चित गायिका कोमल वली जहाँ पुग्छिन्,  त्यहाँ उनले एउटा प्रश्नको सामना गर्नुपर्छ,  विवाह कहिले हुन्छ ? भन्ने ।

कतिपयले त उनलाई विवाह विरोधीको आरोप पनि लगाउने गरेका छन् । तर गायिका वलीले भने आफु विवाह विरोधी नभएको बताएकी छन् । आइतबार रातोपाटी लाइभमा सरिता कार्कीसँग कुरा गर्दै आफु विवाह बिरोधी नभएको बताएकी हुन् ।

अन्तर्वार्ताका क्रममा सोधिएको विवाह कहिले गर्ने भन्ने प्रश्नमा उनले घुमाउँरो पारामा जवाफ दिएकी छन् । ‘भगवान शिव मेरो आरध्य देव हुन्’ उनले भनेकी छन् ‘शिवले नै मलाई विवाह गर्न नदिएका हुन् ।’ विवाह नहुनुको प्रसंग राजनीतितिर मोड्दै उनले विवाह नगरेर देश र जनताको सेवा गर्न सजिलो भएको बताइन् ।

पहिले आफ्नो करियर र परिचय स्थापित गर्न विवाह नगरेको खुलाएकी वलीे अहिले राजनैतिक चटारोले विवाह तिर ध्यानै नजाने बताएकी छन् । माया गर्ने प्रेमी आफुसँग धेरै टिक्न नसक्नु पनि बिबाह नहुनुको अर्काे कारण भएको समेत उनले खुलाएकी छन् ।

कुराकानीका क्रममा वलीले आफु पनि पटक पटक मायामा परेको खुलासा गरेकी छन् । ‘स्कुलमा पढ््दा एक केटालाई मन पराउथे’ उनले भनिन् ‘त्यो केटाले मेरो साथीलाई मन पराउँदो रहेछ ।’ ‘मेरो प्रेम त्यतिकै हरायो’ उनले थपिन् ।

कलेज पढ्दा पनि वली एक ब्यक्तिसँगको प्रेममा परेकी रहिछन् । ‘उक्त ब्याक्तिसँग चिट्ठी मार्फत प्रेम साट्ने गरेकी थिए’ उनले थपिन् ’ ‘उक्त ब्यक्तिको प्रेमलाई बिबाह परिणत गरौ भन्ने प्रस्ताव आएपछि करियर बिग्रने डरले आफैले प्रेम तोडे ।’ अहिलेसम्मको प्रेम अनुभव शब्द मार्फत कसैसँग बाँड्न नमिल्ने बताउने उनको अहिलेको इन्टरनेटिय प्रेमभन्दा चिट्ठी मार्फत साटिने प्रेम उचित भएको तर्क छ ।

हेर्दा हिरो देखिने भन्दा पनि नलेज भएका बौद्धिक ब्यक्ति आफुलाई मनपर्ने बताउने वलीले आफुले बिबाह नगरेको पिडा सबैभन्दा बढि बुबालाई भएको बताइन् । ‘बिबाह भएको भए छोरीको साथी हुन्थ्यो’ उनको बुबाले भन्ने गरेको शब्द उनले दोहोर्याइन् ।

सेक्सको बिषयमा धेरै खुल्न नचाहेकी उनी ०७४ भित्र एक कविता संग्रह सार्वजनिक गर्ने तयारीमा लागेकी छन् । यसै बर्षभित्र हुने सांसद चुनावको समेत उमेद्धार बन्ने सोच बनाएकी वलीले छ सात सय हाराहारीका गीत गायकी छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल