अपाङ्लाई जहिले पनि सहयोग गर्न तयारः राजेश हमाल

अपाङ्लाई जहिले पनि सहयोग गर्न तयारः  राजेश  हमाल

काठमाडौं, बैशाख ¬– अभिनयबाट फुर्सदिलो बन्दै गएका अभिनेता राजेश हमाल पछिल्लो समय सामाजिक काममा निकै देखिन थालेका छन् ।
यी नै अभिनेता हमालले काठमाडौको गोकणेश्वर क्षेत्रमा अपाङ बालबालीकासँग पनि माया साटेका छन् । त्यहाँका बालबालीकालाई केही राहत सामाग्री प्रदान गर्दै उनले माया साटेका हुन् ।
जोरपार्टीस्थित मुख्य शडकमै आयोजना गरिएको कार्यक्रममा अभिनेता हमालले भने ‘सपाङ्ग ब्यक्ति भित्र पनि अपाङ्गता हुन्छ । अपाङ्लाई हेर्ने नजर समाजले केही भिन्न बनाएकोले अपाङ्गता देखिएको हो ।’
अभिनेता हमालले अपाङ्गता भएका ब्यक्तिले पनि अन्य सरह काम गर्न सक्ने उल्लेख गर्दै अगाडि बढ्न चाहे आफुले जुनै पनि सहयोग गर्न तयार रहेको बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल