सिड्नीमा नेपाली फिल्म ‘लभ लभ लभ’ र ‘झुम्की’

सिड्नीमा नेपाली फिल्म ‘लभ लभ लभ’ र ‘झुम्की’

काठमाडौै, बैशाख ३ – शुक्रबारबाट स्वदेश प्रदर्शनमा आएको चलचित्र ‘लभ लभ लभ’ अष्ट्रेलियामा हुने भारतिय फिल्म फेष्टिभलमा समेत छनोट भएको छ ।
७ देखि १३ मेसम्म सिड्नीमा हुने ‘भारतीय चलचित्र महोत्सव तथा अवार्डस् अफ अस्ट्रेलिया’मा नेपालका ‘लभ लभ लभ’ र ‘झुम्की’ प्रदर्शनका लागि छानिएका हुन् ।
महोत्सवमा नेपालका कलाकार सुनील थापा र वर्षा शिवाकोटी सहभाग िहुनेछन् । फ्रेन्ड्स इन्डिया इन्टरटेनमेन्टले पहिलो पटक आयोजना गर्न लागेको महोत्सवमा भारतका चर्चित कलाकार धमेन्द्र, जीतेन्द्र, शक्ति कपुर, जिम्मी शेरगिल, इलायना डिक्रुज, एकता कपुर, राकेश रोशन, जावेद अख्तर, सोनु निगम लगायत सहभागी हुने भारतिय मिडियाले प्रचार गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल