एक्सन प्याटनमा आयो सबिनको हिरो रिटर्न्स

एक्सन प्याटनमा आयो सबिनको हिरो रिटर्न्स

काठमाडौं, बैशाख ३ – अभिनेता सबिन श्रेष्ठले बनाएको चलचित्र ‘हिरो रिटन्र्स’को टिजर बाहिर आएको छ ।
नयाँ बर्षको अवसर पारेर टिजर रिलिज गरिएको हो । चलचित्रको टिजरमा एक्सनलाई महत्व दिइएको छ ।
रेखा थापा, सविन श्रेष्ठ र दिल श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको चलचित्रमा कलाकार सरोज खनाल भिलेनको भुमिका छन् ।
आशिष भेटवालले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपानेको लगानी छ भने अमित श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा मदनकाश्यप घिमिरेको छायांकन, मित्र गुरुङको सम्पादन, शिवम् अधिकारीको कथा, पटकथा तथा संवाद र चन्द्र पन्तको एक्सन छ । चलचित्रमा टंक वुढाथोकीले संगीत भरेका छन् । चलचित्रको प्रदर्शन मितितय हुन बाँकी छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल