पर्वत युवा सेवा समाज कतारको तेस्रो अधिवेशन सम्पन्न

पर्वत युवा सेवा समाज कतारको तेस्रो अधिवेशन सम्पन्न

दोहा, बैशाख ३– पर्वत युवा सेवा समाज कतारको तेस्रो अधिवेशनले चिन्तामणी पौडेललाई सर्वसम्मत चयन गरेको छ ।
पौडेलको नेतृत्वमा समाजले नयाँ कार्यकाल २०१७ देखि २०१९ सम्मको लागि २९ सदस्यीय कार्य समिती सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा क्रमशः आनन्द सुबेदी, भिम बहादुर क्षेत्री, महासचिव सन्तोष गुरुङ, सचिव याम बहादुर क्षेत्री अनिल, सचिव बिरेन नेपाली रहेका छन् ।
त्यस्तै एक उपाध्यक्षसहित कोषाध्यक्ष र सहकोषाध्यक्ष आगामी बैठकले चयन गर्नेछ । नयाँ कार्यसमितिका सदस्यहरुमा बिक्रम कुँवर, लेखनाथ रिमाल, गणेश परियार ,टिकाराम भुसाल, भिम अधिकारी, हरि प्रसाद शर्मा, दुर्गा प्रसाद भट्टराई, सन्तोष श्रेष्ठ, दल बहादुर अधीकारी, धन सुनार खाती, राम खड्का, सुरज परिवार मान बहादुर जिसी, डम्बर क्षेत्री, सोम क्षेत्री, गंगा नेपाली हरिलाल सापकोटा, रघुनाथ शर्मा, अन्तिम बिक, कमल बिक छन् ।
कार्यक्रममा समाजका संरक्षक तथा तेस्रो अधिवेशनका प्रमुख अतिथि छबिलाल भट्टराईले समाजले अहिलेसम्म गरेका उपलब्धि नै समाजको स्थापित नाम रहेको बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल