युएईमा चलचित्र मेरी कुसुम प्रदर्शन हुँदै

युएईमा चलचित्र मेरी कुसुम प्रदर्शन हुँदै

युएर्इ, बैशाख २–रुद्राक्ष फिल्म र कन्सेप्ट भिजन फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिब्युटर्सको सहकार्यमा बनेको नेपाली चलचित्र मेरी कुसुमले शुक्रबार दुबर्इ पत्रकार सम्मेलन गरेको छ।

नब नायक मोहन बोगटीको उपस्थितिमा उक्त पत्रकार सम्मेलन भएको हो।

बिशेष नेपालको पाहाडी भाग म्याग्दी ,पोखरा बाग्लुङ्मा छायाँकन गरिएको प्रेम कथा एव एक्सन चलचित्र अाउँदो मे ५ मा युएर्इका ९ वटा चलचित्र हलहरूबाट प्रदर्शन हुने भएको छ भने जेष्ठको २६ गते नेपालका बिभिन्नहरू लाग्ने तयारी रहेको फिल्मका नायक मोहन बोगटीले बताए।

चलचित्रमा नायक मोहन बोगटी,नायिका हर्षिका श्रेष्ठ र नवनायिका सुदिप्ता अधिकारी तथा खलनायक राजकुमार थापाको मुख्य भूमिका रहेको छ ।
सुनिता शर्मा बोगटी निर्माता रहेको चलचित्र मेरी कुसुमलाई एनआर घिमिरेले निर्देशन गरेका हुन्।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल