ठगीको आरोपमा एक नेपाली साउदी जेलमा

ठगीको आरोपमा एक नेपाली साउदी जेलमा

बैशाख २, साउदी अरव–नेपालीहरुलाई नै ठगेको आरोपमा साउदी अरब प्रहरीले एक नेपालीलाई जेल चलान गरेको छ । आममाफीको दुरुपयोग गर्दै पीडित नेपालीहरुलाई ६३०० साउदी रियल ठगी गरेको प्रमाण भेटिएपछि परशुराम मिश्रलाई जेल चलान गरिएको हो ।

नेपाली जनप्रगतिशील मन्च साउदीको पहल, नेपाली दूतावासको रोहबर र पीडितहरुको उजुरिको आधारमा मिश्र जेल चलान भएको नेपाली जन प्रगतिशील मंच साउदी अरबका महासचिव बाबुलाल बुढा मगरले बताएका छन् । साउदी सरकारले दिएको ९० दिने आममाफीको मौका छोपेर पीडित नेपालीवाट सेवा शुल्क बापत मोटो रकम असुली गरेको मिश्रमाथि आरोप लागेको थियो ।

मिश्र उनी एमाले निकट प्रवासी संगठनका जिम्मेवार व्यक्ति हुन् । त्यसबाहेक मिश्रअन्य संघसंस्थामा पनि आबद्ध थिए ।

साउदी सरकारले दिएको आममाफी समयमै घर फर्किन नेपालीलाई अनुरोध

आममाफीवारे नेपाली दूतावासको भनाई छ

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल