ऐतिहासिक स्थल सलहेसको फूलबारी मेलामा भक्तजनहरुको घुइँचो

ऐतिहासिक स्थल सलहेसको फूलबारी मेलामा भक्तजनहरुको घुइँचो

रामभरोसी यादव

सिरहा, बैशाख १ –सिरहाको ऐतिहासिकस्थल राजा सलहेशको मन्दिरमा प्रत्येक नयाँ वर्ष जस्तै यो बर्ष पनि भव्य मेला लागेको छ । मेला भर्न नेपाल तथा भारतका हजारौ श्रद्धालु दर्शनार्थीहरु आएका छन् ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको लहान नपाको पडरीयामा पर्ने सलहेश फूलबारीमा साता अघिबाटै दर्शनार्थीहरु आउने गर्दछन् । नजिकका जिल्ला सप्तरी, धनुषा, उदयपुर लागाएतका जिल्लाका दर्शनार्थीहरु भने मेला भर्न आजै आउने गर्दछन् ।

दलित जातिमध्ये एक मात्र राजा भएका सल्हेसको इतिहास झल्किने सिरहाका विभिन्न ऐतिहासिक स्थलहरुमा परापूर्वकलादेखि राजा सल्हेसको सम्झनामा पूजा गर्न भक्तजनहरु आउने गरेको स्थानीयहरुको भनाइ छ ।
उनकै सम्झनामा सिरहाको सभदैया गाविसस्थित पकरियागढ, लहान नगरपालिका गोविन्दपुरस्थित मानिकदह, नगरपालिका १२ सिसबनीस्थित सल्हेस पूmलबारी, पतारीस्थित पताइर पोखरी र सिरहा नगरपालिकास्थित राजा सल्हेसको मन्दिरमा नयाँ बर्षको भोलीपल्छ मात्र मेला लाग्ने गर्छ ।


नयाँ बर्षको पहिलो दिन फूलबारी पतारीमा आएका भक्तजनहरु नै भोलीको मेलामा पनि सहभागी हुने चलन छ । पकडियागढ, मानिकदह, सल्हेस पूmलबारीमा बैसाख १ गते र पताइर पोखरी र सल्हेस मन्दिरमा बैसाख २ गते तराईमा मनाइने जुडसितल पर्वका दिन मेला लाग्छ ।

यी प्रत्येक ऐतिहासिक तथा धार्मिक स्थलमा भएको राजा सल्हेसको मन्दिरमा दलित जातका मानिने राजा सल्हेसका सन्तती दुसाध अर्थात पासवान जाती नै मन्दिरका पूजारी हुने भएकोले आजको दिन उपल्लो जातका मानिसहरु पनि उनीहरुको हातबाट प्रसाद ग्रहण गर्ने यस मेलाको प्रमुख बिशेषता रहेको छ ।


मेला हेर्न आएका जुनसुकै जातका ब्यक्तिहरु छुवाछुतको भावना बिर्सेर श्रद्धा पूर्वक प्रसाद ग्रहन गरेपनि अन्य दिन भने पासवान जातीको शरीरमा छोएपछि उपल्लो जातका ब्यक्तिहरु नुहाएपछि मात्र अन्न ग्रहण तथा आआप्mना घरमा प्रवेश गर्ने परम्परा छ ।

राजा सल्हेसले आपूmभन्दा उपल्लो जातका केटी तत्कालिन मोरंगका राजा हिनपैत मालीकी छोरी दानाबती मालीसंग विवाह गर्न पटक पटक अस्वीकार गरेपछि दानाबतीले राजा सल्हेसको सम्झनामा बीना पानीकै लगाएको बगैचा अहिले सल्हेस पूmलबारीको नामबाट प्रचलित रहेको किंबदन्ती छ ।


सो बगैचामा रहेको सालको रुखमा प्रत्येक बर्ष बैसाख १ गते पूmलको माला नै पूmल छन् । उक्त पूmल नै सल्हेस पूmलबारी मेलाको प्रमुख आकर्षण हुन्छ । अन्ततोगत्वा राजा सल्हेसले दानाबतीसंग विवाह गरेपछि तराईमा अन्तरजातीय विवाह शुरु भएको किंबदन्ती समेत छ ।

राजा सल्हेसले आपूm भन्दा गरीब र मुसहर जातका दिनाराम र भद्रीसंग मित्रता गरेदेखि विपन्नसँग मित्रता गर्नेसमेत परम्परा बसेको जानकारहरु बताउछन् ।


यस्तै, पकरियागढका राजा कुल्हेस्वर सिंहकी छोरी चन्द्राबतीले पनि राजा सल्हेससँग विवाह गर्न जालझेल रचेर आप्mनो बुवाको नोकर भई काम गर्न राजा सल्हेसलाई बाध्य बनाएको र सोही क्रममा चोहरमल नाम गरेका चोरले गंगा नदीदेखि नै सुरु¨ खन्दै राजा कुल्हेस्वर सिंहको घरमा चोरी गरेको किंबदन्ती पनि छ । चोहरमलले खनेको सुरु¨को भग्नावशेष हालसम्म रहेकोले पकरियागढ मेलाको सो शुरु¨ प्रमुख आकर्षण बनेको हुन्छ ।

यस्तै, मानिकदहमा राजा सल्हेसले स्नान गर्ने गरेको अहिले सो दहमा स्नान गरेपछि जिउमा लागेको छाला सम्बन्धी रोग निको हुने जनविश्वास छ ।


पताइर पोखरीमा मेलाका दिन बाझो महिलाले डुबुल्की लगाएपछि कुनै जीव हातमा आए छोराछोरी पाउने र निर्जिव बस्तु हातमा आए छोराछोरी नपाउने जनविश्वास रहेको छ ।

को थिए राजा सलहेश ?
राजालहेस कुल्हेश्वरका मन्त्री रहेको किम्वदन्ती छ । राजा कुल्हेश्वको एक मात्र छोरीको विवाह गरेर घर गईसकेपछि कुल्हेश्वको अवशानपछि शलहेसले विक्रम् सम्बत १३२५ मा सिराहा जिल्लाको महिसोथा राज्यको राजा सलहेश भएको बताइन्छ । पराकमीर्, राजा सलहेश र कुशमा अर्थात फूलबारीकी मालिनीबीच प्रगाढ प्रेम थियो । तर राजा सलहेशको पारिवारिक कारणले एक अर्कालाई हृदयदेखि मन पराएको भएपनि बिहे हुन सकेन । राजा सलहेशको प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको रुखमा फूलको माला भएर देखा पर्ने भनेपछि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको पहिलो दिन सो रुखमा मालिनी माला भएर देखा पर्ने गरेको विश्वास छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल