प्लेब्वाई मोडलसँग फिल्ममा देखिनेछन् सलमान, गराइसकेकी छिन् नग्न फोटोशुट

प्लेब्वाई मोडलसँग फिल्ममा देखिनेछन् सलमान, गराइसकेकी छिन् नग्न फोटोशुट

एजेन्सी

चैत ३१ – सलमान खान आजकाल निर्देशक अली अब्बास जफरको फिल्म ‘टाइगर जिन्दा हे’ मा व्यस्त छन् । ‘एक था टाइगर’ को यो सिक्वेलमा सलमान पुनः एकपटक कट्रिनासँग रोमान्स गर्नेछिन् । कट्रिनाका साथै फिल्ममा २१ वर्षीया अष्ट्रेलियाकी मोडल रेन्जा फोर्शर पनि सलमानको यो फिल्ममा देखिनेछिन् । स्मरण रहोस्, रोन्जा प्लेब्वाई म्यागजिनका लागि नग्न फोटोसुट गराइसकेकी छिन् ।

सलमान र रोन्जाको एक फोटो सोसल मिडियामा निकै छाएको छ । सलमानको फ्यान क्लबले यो फोटो सेयर गर्दै लेखेको छ, ‘Salman Khan with Austrian actress #RonjaForcher during the shooting for #tigerzindahai ! #SalmanKhan #BeingHuman #bollywood #YRF #AustriaDiarie’ । यद्यपी, फिल्ममा उनको भूमिका कस्तो हुनेछ त्यो भने जानकारीमा उपलब्ध छैन ।

प्लेब्वाईका लागि नग्न फोटोसुटः

सन् १९९६ मा जन्मेकी रोन्जा अष्ट्रेलियाकी चर्चित मोडल र नायिका हुन् । Mountain Medic (2008), Fur Immer Afrika (2007), Der Bergdoktor- Virus (2012)   जस्ता टेलिभिजन कार्यक्रममा काम गरेकी छिन् । प्लेब्वाई म्यागजिनको अफ्रिल सन् २०१७ को संस्करणका लागि रोन्जाले नग्न फोटोसुट गराएकी छिन् । सोसल मिडियामा सक्रिय रोन्जा पार्टनर फेलिक्स ब्रिगेलसँग थुप्रै फोटो पोष्ट गरिसकेकी छिन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल