मिसेस क्विनले देखाए ट्यालेन्ट

मिसेस क्विनले देखाए ट्यालेन्ट

काठमाडौं, चैत २९ – ‘मिसेस क्विन नेपाल–२०१७’का प्रतियोगीले प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट शो अन्तर्गत उनीहरुले कमलपोखरी स्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।

ट्यालेन्ट शोमा अधिकाम्स प्रतियोगीले गायन, नृत्य, बतृत्वकला, व्युटिसियन कला, चित्रकला जस्ता विविध प्रतिभा प्रस्तुत गरे । ट्यालेन्ट शोको निर्णायकमा कोरियोग्राफर एवं पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सविन श्रेष्ठ, गायक आनन्द कार्की, चलचित्र निर्देशक एवं पत्रकार डब्बु क्षत्री, नृत्य निर्देशक गोबिन्द राई र व्युटिसियन रुषका बैद्य लगायत थिए ।


बिबाहित नारीहरुको प्रतिभा प्रस्तुतिका लागि इभेन्ट बेटर ग्यालेक्सीद्धारा आयोजित यो प्रतियोगितामा काठमाडौं उपत्यकासहित बिराटनर, धरान, पोखरा, बुटबलबाट पनि सहभागी छन् ।

आगामी ३१ चैत साँझ होटल साँग्रिलामा मिसेस क्विन नेपाल रिदम नाईट–२०१७मा मिसेस क्विन नेपाल चयन हुने आयोजक धिरज तण्डुकारले जानकारी गराए । बिजेताले स्कुर सहित विभिन्न अबसर पाउनेछिन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल