यस्तो छ हिटलरको रोमान्टिक गीत ‘खुशीहरु बढ्दै जान्छ’

यस्तो छ हिटलरको रोमान्टिक गीत ‘खुशीहरु बढ्दै जान्छ’

काठमाडौं, चैत २९ – नयाँ बर्षको जेठ १२ गते प्रदर्शनमा आउने चलचित्र ‘हिटलर’को पहिलो रोमान्टिक गीत ‘खुशीहरु बढ्दै जान्छ’ सार्वजनिक भएको छ ।
रारा ताल आसपासमा रोमान्टिक तवरले खिचिएको गीत चलचित्रका मुख्य कलाकार सोहित मानन्धर र समिया बर्तौलाको अभिनय देख्न सकिनछ ।

कमेडी तथा लभस्टोरी बिषयमा बनेको यो चलचित्रमा मेनुका प्रधान, ए गुरुङ, दिवस धिताल लगायतका कलाकारको पनि अभिनय रहेको छ । सनुप पौडेल र आकांक्षा बस्यालाको स्वर रहेको गीतमा नरेश भट्टराइको शब्द, लोचन घिमिरेको संगीत छ ।

सौरभ ढकालले निर्देशन गरेको यो चलचित्रमा किचमान चित्रकारको कथा, मित्र डी गुरुङको सम्पादन, अरुणराज पौडेलको छायांकन, सूर्य थोकर लामाको एक्सन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ ।

चिनिमाया मानन्धर निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता वुद्ध रत्न मानन्धर, त्रिरत्न मानन्धर, रामविर मानन्धर र मनिराम मानन्धर हुन् ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल