पार्वतीलाई ‘हे कान्छी’ भन्दै बोलाएपछि ….

पार्वतीलाई ‘हे कान्छी’ भन्दै बोलाएपछि ….

काठमाडौं, चैत २९ – इन्दिरा गुरुङको प्रस्तुतिमा तयार भएको एल्बम ‘वियोग’मा रहेको ‘हे कान्छी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पार्वती राई र सुमित गुरुङले फिचरिङ गरेका छन् ।
गीतमा शान्त गजल गुरुङको स्वर, शब्द र संगीत छ । मुनाल फिल्मस्ले बनाएको भिडियोमा क्यामरा र सम्पादन खिमबहादुर गुरुङको छ भने कोरियोग्राफी र निर्देशन लक्ष्मण गुरुङको छ ।
एल्बममा ६ वटा गीत छन् । भिडियो पोखरा आसपासमा छायांकन गरिएको निर्देशक गुरुङले बताए । गुरुङ लामो समयदेखि अमेरिकाको न्यूर्योकमा बस्दै आएका छन् । एल्बमका अन्य गीत यसअघि नै युट्युबमा आइसकेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल