भारतमा पाकिस्तानी देखिए रुखमा झण्डाइदेउः गायक अभिजित

भारतमा पाकिस्तानी देखिए रुखमा झण्डाइदेउः गायक अभिजित

एजेन्सी

चैत २९ – गायक अभिजित भट्टाचार्यले पूर्व भारतीय अफिसर कुलभूषण जाधवलाई पाकिस्तानमा फाँसी दिएकोमा प्रश्न उठाएका छन् । उनले कुलभुषणको मृत्युदण्ड रोकिनुपर्ने माग गरेका छन् । साथै उनले निकै विवादास्पद बयान पनि दिएका छन् । उनले भने, ‘भारतमा जहाँ पनि पाकिस्तानी देखिए उनीहरुलाई रुखमा भुण्डाइदेउ ।’

अभिजितले ट्वीटरमा लेखे, ‘भारतमा जो पनि पाकिस्तानी देखिए उनीहरुलाई रुखमा झुण्डाइदेउ । सबै खान किन चुप छन् ?’

उनी थप लेख्छन्, ‘यदि भारतमा खोज्ने हो भने धेरैजसो पाकिस्तानी बलिउड, भट्ट वा जौहरको घरमा भेटिनेछन् ।’

‘हामी जाधव साहबलाई केवल भारतीय नागरिक भन्न सक्दैनौं । उनले जे पनि गरे, देशका लागि गरे । जाघव महाराष्ट्रका निकै ठूलो टाइटल हुन् ।’ उनले भने, ‘आज महाराष्ट्रकाहरु किन चुप छन् । के तपाईंहरु कागजले बनाएका बाघ हो ? हामी भारतमा पाकिस्तानी कलाकारलाई पैसा दिन्छौं, उनीहरुलाई टाउकोमा चढाएर राख्छौं ।’

अभिजितले यो पनि भने, ‘अब भट्ट, करण जोहर वा खानहरु जाधव साहबलाई बचाउनका लागि किन ट्वीट गर्दैनन् ?’

पछिल्लो वर्ष जम्मू–कश्मिरको उडी सेक्टरमा आर्मी बेसमा भएको चरमपन्थी हमलापछि अभिजितले पाकिस्तानी कलाकारलाई काम दिएकोमा प्रश्न उठाउँदै महेश भट्ट, करन जोहर र सुपरस्टार खानहरुलाई दलालसमेत भनेका थिए ।

स्मरण रहोस्, अभिजितले पछिल्लो केही वर्षदेखि लगातार पाकिस्तानी कलाकार, गायक र संगीतकारहरुको विरोध गरिरहेका छन् ।

के हो मुद्दा ?

– पाकिस्तानका सैनिकले त्यहाँको जेलमा रहेका भारतीय अफिसर कुलभुषण जाधवलाई मृत्युदण्डको सजायँ सुनाएको छ । पाकिस्तानले जाधवलाई भारतीय जासूस भएको आरोप लगाएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल