प्रेमकथा लेख्ने एलिशालाई एक लाख पुरस्कार

प्रेमकथा लेख्ने एलिशालाई एक लाख पुरस्कार

काठमाडौं, चैत २८ –‘आफ्नो प्रेमकथा पठाउनुहोस्, एक लाख पुरस्कार जित्नुहोस’ चलचित्र ‘लभ लभ लभ’ले एक महिना अगाडि जारी गरेको यो घोषणा पछि थुप्रैले प्रेम कथा पठाए ।
ति कथा मध्यबाट एक उत्कृष्ट एक कथा पठाउने पाटनकी एलिशा महर्जनलाई चलचित्र युनिटले एक लाख रुपैयाँ पुरस्कार दिएको छ । डेढ सय बढि प्रतिस्पर्धीबाट उनको कथा चुनिएको हो ।
राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले एलिशालाई सो पुरस्कार दिएकी हुन् । निर्देशक दिपेन्द्र के खनाल, अभिनेता सुरज पाण्डे र अभिनेत्री स्वस्तिमा खड्का समेतको उपस्थितीमा पुरस्कार दिइएको हो ।
चलचित्र लभ लभ लभ २०७४ बैशाख १ गतेबाट देशभर प्रदर्शनमा आउँने चलचित्र हो ।
–कथा छनोट गरेका निर्देशक खनालले अन्य प्रतिस्पर्धीको तुलनामा एलिशाले लेखेको कथामा ‘गुदी’ भेटेको तर्क गरे ।
– विजयी एलिशाले आफुले पाएको पुरस्कार धनराशी पढाईमा लगानी गर्ने बताईन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल