चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिलाउछु : आकाश

चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिलाउछु  :  आकाश

काठमाडौं, चैत २८–निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकालका भोलि कार्यसमित चयन हुँदैछ ।
कार्यसमितिको वस्तुगत समूह तर्फको सदस्य पदका लागि कलाकार निर्र्माता, निर्देशक आकाश अधिकारीले पनि उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएका शेखर गोल्छाको प्यानलमा उनी अगाडि बढेका हुन् । चलचित्र निर्माता संघको अध्यक्ष समेत रहेका आकाश महासंघको माध्यमबाट चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिलाउन आफु सदस्यमा आउन लागेको बताउँछन् । उनै अधिकारीसँग गरिएको छोटो सम्बादः

उद्योग वाणिज्य महासंघको सदस्यमा उमेदवारी दिनु भएको छ,  तयारी कस्तो छ ?
चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्दै म महासंघमा जान लागेको हुँ । चलचित्र क्षेत्रका साथीहरुको पुरै सहयोग छ । ब्यवसाही साथीहरुको पनि राम्रो साथ पाएको छु । चलचित्र क्षेत्रको प्रतिनिधि भएर होला सायद । मेरो लागि यो महासंघ नयाँ हो । उत्साहित पनि छु । तयारी पनि गरेको छु । आउछु भन्ने बिस्वाश लागेको छ ।
के एजेन्डा लिएर जाँदै हुनुहन्छ ?
निस्चय नै मसँग एजेन्डा र भिजन छन् । मैले साथीहरुसँग राखिसकेको छु । उहाँहरुले मेरो कुरालाई स्वकार्नु भएको छ । सबै बाहिर ल्याउन सक्दिन । मेरो एजेन्डा चलचित्रकर्मीको हिटमा हुनेछ ।
महासंघबाट चलचित्र क्षेत्रका लागि के गर्न सकिन्छ ?
निजी सेक्टरका जति पनि ब्यवसाही छन् । ति सबैको छाता संगठन उद्योग वाणिज्य महासंघ हो । जे गर्दा पनि एक्लै दौडिनु भन्दा समुहमा अगाडि बढ्न सक्यो भने सफल पाइन्छ भन्ने मान्यता हो । उद्योग वाणिज्य महासंघको मातहतमा रहेर हामी अगाडि बढ्न सक्यौ भने चलचित्र क्षेत्रमा रहेका धेरै समस्या समाधान गर्न सकिन्छ । राज्यले ब्यवसाहीका लागि बनाउने नियममा चलचित्र क्षेत्रलाई पनि पारौला भनेर महासंघ तोको हो ।
महासंघमा आवद्ध ब्याक्ति तथा संघसंस्थाको चलचित्र प्रति हेर्ने दृष्टिकोण कस्तो पाउनु भयो ?
कलाकारिता र चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण एकदमै उच्च छु । चलचित्रले मनोरञ्जन दिने मात्र नभइ देशको कलासंस्कृतीलाई उच्च पार्ने काम गरेको उहाँहरुको बुझाइ हो । भेषभुषा, कल्चर र पर्यन लगायत धेरै कुरा चलचित्रले बोकेको उहाँहरुले बताउदै आउनु भएको छ । चलचित्रमा अहिले झन्डै एक अर्बको लगानी रहने गरेको छ । यो उहाँहरुले पनि बुझ्नु भएको छ ।
चलचित्र क्षेत्रलाई उद्योगको रुपमा रुपान्तर गर्न सकिन्छ त ?
म निर्माता संघको अध्यक्ष हुनु पुर्व पनि केही उद्योग मन्त्री ज्युसँग यस बिषयमा धेरै पटक मिटिङ गरेको छु । यो मेरो चासोको बिषय पनि हो । नेपाली चलचित्र क्षेत्रलाई उद्योगमा लैजाने मेरो उदेश्य रहेको छ । अहिले यो सेवा मुलक उद्योगमा छ । यसलाई राष्ट्रिय मान्यता प्राप्त उद्योगको रुपमा रुपान्तर गर्न म लागि परेको छु । मलाई लाग्छ यसैबर्ष यो पुरा हुनेछ । किनभने उद्योग बाणिज्य महासंघबाट पत्र लिएर यसको प्रक्रिया थालिसकेको छु । म महासंघमा आए भने यो प्रक्रिया झन् तिब्र गतिमा अगाडि बढ्नेछ ।
ब्यापारीहरुको लगानि चलचित्रमा भित्राउन के गर्नु पर्ला ?
पहिले त ब्यावसाहीलाई चलचित्रको बारेमा बुझाउनु जुरुरी छ । म छिट्टै नै चलचित्रकर्मी र उद्योगपती बीच समन्वय गर्ने काम गर्नेछु । उहाँहरुलाई चलचित्रमा लगानी गर्ने बाताबरण बनाउन लगानी कसरी गर्ने, रिटन्स् कसरी आउँछ लगायत बिषयमा बुझाउने छु ।
यस अगाडि पनि निर्माता संघका प्रतिनिधी महासंघमा पुगेका छन् । केही राहत महशुस गर्न सकिएन नि हैन र ?
काम गर्न समय लाग्छ । उहाँहरुले गर्दागर्दै पनि केही कुरा नभएको हुनसक्छ । म त्यो रुपले पनि लिन्छु । भएन म भन्दिन । जति हुनुपर्ने हो त्यो भने हुन सकेन । म महासंघमा पुगे भने धेरै काम गरेर देखाउँछु ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल