कसैलाई भटेर मनका कुरा भन्न तयार रिजा

कसैलाई भटेर मनका कुरा भन्न तयार रिजा

काठमाडौं, चैत २८ – संगीतकार अर्जुन पोख्रेल यतिबेला कसैको यादमा डुबेका छन् । कसैको यादमा चुर्लुम्म भएका पोख्रेल उसैलाई भेटि रहन चाहन्छन्, उसैसँग मनका कुरा खोल्न चाहन्छन् ।
उनले कसैप्रतिको यो अथाहा प्रेम गीत मार्फत ब्यक्त गरेको छन् । अर्जुनको यो भावमा आवाज भरेका छन् गायक भरत गुरुङ्ले । आफ्नै शब्द तथा संगीतमा उनले आफ्नो प्रेम ब्यक्त गरेका छन् ।
गीतमा गोपाल रसाइलीले संगीत संयोजन गरेका छन् । चलचित्र र केहि एल्बमका काममा ब्यस्त रहेका संगीतकार अर्जुनको नयाँ गीतको कुरा हो यो । गीतको भिडियो समेत सार्वजनिक भएको छ ।
माईकल चन्दले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा भरत गुरुङ्लाई अभिनयमा साथ दिएकी छिन् रिजाले । अर्जुन तिवारीको छायाँकन रहेको म्यूजिक भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन ।

भिडियो हेर्नुहोस्

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल