सुनिल ग्रोवर र सन्नी लियोनको नयाँ योजना थाहा पाउँदा चकित हुनुहुनेछ

सुनिल ग्रोवर र सन्नी लियोनको नयाँ योजना थाहा पाउँदा चकित हुनुहुनेछ

एजेन्सी

चैत २८ – ‘द कपिल शर्मा शो’ का प्रस्तोता कपिल शर्मासँग झगडा पछि सुनिल ग्रोवर हरेक दिन कुनै न कुनै खबरका कारण चर्चामा हुने गर्दछन् । यी अभिनेता आफ्नो व्यवसायिक जीवनलाई पुनः ट्र्याकमा ल्याउनका लागि चाँडै नै उनी सन्नी लियोनसहित अन्य कलाकारसँग मिलेर काम गर्नेछन् ।

दुबै कुनै फिल्म नभई आइपीएलमा सँगै कमेन्ट्री गर्ने भएका छन् । यी दुबैले एक न्यूज एपका लागि काम गर्नेछन् ।

सुनिल ग्रोवर आफ्ना प्रशंसकलाई ट्वीटर ह्यान्डलमा एक ट्वीट गरी यसबारे जानकारी दिँदै लेख्छन्, ‘उनी सबैकी प्रिय हुन् र उनलाई बेबी डल भन्छन् । ’ अन्दाज लगाउनुहोस् कि मलाई #MasalaCommentary on @UCNews_India मा कसले ज्वाइन गर्दै हुनुहुन्छ ।

फिल्मको कुरा गर्नुपर्दा सुनिललाई अन्तिम पटक ‘कफी विद डी’ मा देखिएको थियो जुन बक्स अफिसमा फ्लप साबित भएको थियो । यता सन्नी लियोनीलाई भने ‘रईस’ मा देखिएको थियो । यो फिल्म ‘नूर’ मा क्यामिरो, तेरा इन्तजार र बादशाहमा आइटम नम्बरमा देखिएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल