राजेश पायल राई नाइजेरिया पुगे

राजेश पायल राई नाइजेरिया पुगे

अमेरिका, चैत १६ –नेपाली नयाँ वर्ष २०७४ को अवसरमा आगामी अप्रिल १ तारिखमा हुने कार्यक्रमका लागि गायक राजेश पायल राई नाइजेरिया पुगेका छन् ।

उनलाई स्वागत गर्न लेगोस विमानस्थलमा गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा ,एनआरएनए नाइजेरियाका सचिव रोशन थापा तथा सदस्य सागर सागर श्रेष्ठ पुगेका थिए ।

गायक राईले बिश्वका धेरै मुलुकको भ्रमण गरेपनि अफ्रिकी मुलुक नाइजेरिया भने उनका लागि यो नै पहिलो हो । नाइजेरियामा गायक राइले आफ्ना चर्चित पुराना तथा नयाँ गीत गाउने छन् ।

राइले नाइजेरिया पुगेपछि पुन नाइजेरियामा रहेका सम्पूर्ण नेपालीलाई आफुलाई साथ दिन आग्रह समेत गरेका छन् । उनि पुगे पछि नाइजेरियामा बसोबास गर्ने नेपाली समुदाय निकै उत्साहित भएको गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले बताए ।

उक्त कार्यक्रममा राजेश पायल राई साथमा स्थानीय अफ्रिकी कलाकारहरुले पनि नेपाली र स्थानीय भाषामा गीत र नृत्य प्रस्तुत गर्ने छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल