जापानमा निशुल्क स्वास्थ्य शिविर आयोजना

जापानमा निशुल्क स्वास्थ्य शिविर आयोजना

जापान, चैत १६ – नयाँ बर्षको अवसर पारेर जापानको फुकुओका शहरमा हुने बैशाखी मेला (नेपाल फेस्टिवल)मा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने भएको छ ।

नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको आयोजनामा आगामी अप्रिल ८ तारीक मेलामा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविरको अयोजना गरिएको हो । शिविरमा जापानमा रहेका नेपाली बिशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य जाँच तथा परामर्श हुने क्लबका अध्यक्ष अर्जुन थापाले जानकारी दिए ।
क्लबका सल्लाहकार तथा गैर आवसीय नेपाली संघ जापानका उपाध्यक्ष टंक गैरेले फुकुओकामा पहिलो पटक स्वास्थ्य शिविरले धेरै नेपालीलाई सहयोग पुग्ने बताए । विहान १० बजे देखी साँझ ४ बजेसम्म तेन्जिन चुओउ पार्कमा हुने शिविरमा उपचार तथा परामर्शका लागि डा.प्रकाश शाक्य,डा.विजय ज्ञवाली र डा.दिपेन्द्र गौतमले चेकजाँच गर्नेछन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल