फुटबल खेलाडी अधिकारी बार्सिलोना जाँदै

फुटबल खेलाडी अधिकारी बार्सिलोना जाँदै

अमेरिका, चैत १६ –नेपाली मूलका १४ बर्षिय प्रतिभाशाली किशोर बिशेष अधिकारी अमेरिकन (सकर ) फुटबल टोलीका तर्फबाट स्पेनको बार्सिलोनामा फुटबल प्रतियोगिता खेल्न जाने भएका छन् ।
अमेरिकाको नेब्रास्का राज्यको ओमाहामा बस्दै आएका अधिकारीले अमेरिकन फुटबल टोलीको प्रतिनिधित्व गर्दै एक्स्कुसिव २०१७ एफसीबि एस्कोला इस्टर प्रतियोगितामा भाग लिन आज त्यसतर्फ जान लागेका हुन् ।
अमेरिकाको टेक्सस राज्यको सन एन्टोनियो ग्रीष्म शिविरमा खेलाडीहरुको छनौटमा उनि अमेरिकन फुटबल टोलिमा पर्न सफल भएका हुन् । उनलाई एफसी बार्सिलोनाका प्रशिक्षकले छनौट गरेका थिए ।
अधिकारीले हप्तामा ५ दिन फुटबलको प्रशिक्षणका साथै चुस्त र फुर्तिलो हुन ३ दिन तालिम लिईरहेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल