अमेरिकाको फ्रान्सिस्कोका विद्यार्थीले क ख ग सिक्दै

अमेरिकाको फ्रान्सिस्कोका विद्यार्थीले क ख ग सिक्दै

अमेरिका, चैत १६– अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बिद्यार्थीहरुका लागि नेपाली भाषा पाठशाला संचालनमा गरिएको छ । अमेरिकामै जन्मेका दोश्रो पुस्तालाई लक्षित गर्दै नेपाली भाषाको पठन पाठन सुरु गरिएको हो ।
सामाजिक सेवा गर्दै आएको क्रिएटिभ नेपाल युथ अर्गनाइजेसनको पहलमा गत मार्च २६ देखि संचालनमा ल्याएको हो ।
उक्त बिद्यालयमा हरेक महिनाको दोश्रो तथा चौथो आइतबार १ देखि ३ बजे सम्म नेपाली भाषाबाट पठन पठन गराइने गर्दा एल सिरितो ,अल्बनी, रिचमण्ड ओकलेण्ड, पिनोलमा बस्ने बिद्यार्थीलाई सहज भएको बताइएको छ ।
पहिलो दिन ३० माइल टाढा रहेको डेली सिटीबाट समेत विद्यार्थीहरु स्कूलमा उपस्थित रहेका थिए । बिद्यालयमा संस्थाका तर्फबाट सभापति सुबाश थापाले बिद्यार्थीलाई स्वागत गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल