एनआरएन अमेरिकामा एकपछि अर्को विवाद

एनआरएन अमेरिकामा एकपछि अर्को विवाद

अमेरिका, चैत १५ –गैर आवासीय सङ्घ, राष्ट्रिय समन्वय समिति अमेरीका कहिलेबाट सुरु भएको भन्ने विवाद बढेको छ ।
एनआरएनएका क्षेत्रीय संयोजक र उपसंयोजकले केही समय पहिले पत्राचार गरे लगतै केन्द्रबाट महासचिव बद्रि के.सीले संस्थाको आधिकारिताबारे अर्को पत्राचार गरेपछि बिवाद बढेको हो । केन्द्रमा समेत विधानको व्याख्याका लागि एउटा समिति रहेको भएपनि सो समितिको निर्णयविनै महासचिवले पत्राचार गरेको भन्दै पुनः अध्यक्षबाट अर्को पत्राचार गर्ने तयारी भएको छ ।

केन्द्रीय विधानको परिच्छेद (७, धारा २३.११ मा तीन कार्यकाल पुरा भएको राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा उठ्न कम्तिमा राष्ट्रिय समन्वय परिषद् वा केन्द्रमा एक कार्यकाल काम गरिसकेको हुनुपर्ने प्रावधान राखेको छ । तर, एनआरएन अमेरिकाले बिधिबत मान्यता पाएको सन् २००६ मा न्याकको रूपमा एनसिसि गरेको मितिबाटै हुनुपर्ने भन्नेमा विवाद देखिएको छ ।
अहिलेसम्म भएका पत्राचारहरुले अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षमा को उम्मेदवार हुन पाउने र को नपाउने भन्नेमा मात्र केन्द्रीत भएको देखिन्छ । यसैका कारण अहिलेसम्म निर्वाचन समितिले आफ्नो कार्यतालिका समेत प्रकाशन समेत गरेको छैन ।

आगामी चुनावलाई मध्यनजर गर्दै नेतृत्व लिने तयारीमा रहेका बर्तमान अध्यक्ष कुमार पन्त र भवन भट्टको समेत अप्रत्यक्ष रुपमा लागेको सरोकारवालाहरुको भनाइ छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल