अमेरीकामा ठकुरी र श्रेष्ठलाई स्वर्ण पदक

अमेरीकामा ठकुरी र श्रेष्ठलाई स्वर्ण पदक

अमेरिका, चैत १५– मार्च २४ र २५ मा अमेरिकाको फिलाडेल्फियामा भएको अमेरिकी अन्तर्रा्ष्ट्रिय खेलकुद प्रतियोगितामा डीसीका कराँते खेलाडी उज्ज्वल ठकुरीले फांग कातामा स्वर्ण तथा खुकुरी कातामा रजत पदक जितेका छन् । ठकुरीले अहिलेसम्म पाँच खेलमा सहभागि भएकोमा तीन खेलमा अन्तर्राष्ट्रिय पदक हात पारेका छन् ।
त्यसैगरी सितेरियो कराँते महिला खेलाडी सुभद्रा श्रेष्ठले पनि स्वर्ण पदक र ग्रान्ड च्याम्पियनमा रजत पदक हात पार्न सफल भइन् । उनले १० औ साफ खेलमा रजत र एशियन खेलमा स्वर्ण पदकका साथै हङकङमा कास्य पदक प्राप्त गरेकी थिईन् ।
श्रेष्ठ सन् २०६० मा बर्ष खेलाडी तथा २०६९ मा बर्ष बाल खेलाडीबाट पनि पुरस्कृत भएकी थिईन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल