युकेमा लिम्बु भाषामा वक्तृत्वकला र हाजिरी जवाफ

युकेमा लिम्बु भाषामा वक्तृत्वकला र हाजिरी जवाफ

युके, चैत १५ – युकेमा रहेका लिम्बु महिलाहरुको ऐतिहासिक प्रथम लिम्बु भाषा वक्तृत्वकला तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । अल्डरसुटको एम्पायर ब्याङक्वेटमा सम्पन्न प्रतियोगितामा लिम्बु महिलाहरु मात्र सहभागि भएका थिए ।
किरात याक्थुङ चुम्लुङ युके केन्द्रीय समिति अन्तर्गतको महिला समितिले आयोजना गरेको हाजिरी जवाफमा लिम्बु खाना, लिम्बु पोसाक, लिम्बु गरगहना, लिम्बु मुन्धुम र लिम्बु इतिहास लगायतसँग सम्बन्धित प्रश्न सोधिएका थिए ।
प्रतियोगितामा किरात याक्थुङ चुम्लुङ ग्रेटर लण्डन शाखा प्रथम, वेजिङस्टोक शाखा दोस्रो र रशमोर शाखा तेस्रो भए । लिम्बु महिलाहरुका ११ समुहहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।
दोस्रो चरणको वक्तृत्वकला प्रतियोगितामा कोलचेष्टरबाट सानु लिम्बु प्रथम, अक्सफोर्डबाट जानु काम्बाङ दोस्रो र आसफोर्डबाट मनमाया नेम्बाङ तेस्रो भइन् । वक्तृत्वकलामा १० प्रतिश्पर्धीहरु सहभागी थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल