साउदीमा अलपत्र तीन नेपालीको उद्दार

साउदीमा अलपत्र तीन नेपालीको उद्दार

रियाद, चैत १५– साउदीमा ३ महिनादेखि अलपत्र तीनजना नेपालीको उद्दार गरि नेपाल पठाइएको छ ।
नेपाली दूतावास रियाद र अन्तर्रा्ष्ट्रिय नेपाली समाज साउदीको संयुक्त पहलमा गोरखाका युवराज अधिकारी, बाराका फैयज शेख र अकबर अलिको उद्दारपछि आजै नेपाल पठाइएको हो ।
साउदीको अलखार्जस्थित एक बेकरी कम्पनीमा काम गर्न बर्ष दिनअघि आएका उनीहरुलाई बिगत ३ महिनादेखि कम्पनीले खानबस्न तथा तलब नदिई अलपत्र पारेको थियो । नयाँ शक्ति पार्टी नेपालका प्रवास प्रादेशिक सुचना संचार विभाग प्रमुख ईन्द्र भट्टराई र साउदी संयोजक तथा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य रमेश लाम्गादेले अलपत्र नेपालीको उद्दारमा बिशेष सहयोग गरेका थिए ।
सो कम्पनीमा आएका ५ मध्ये अन्य २ जनालाई पनि नेपाल पठाउने तयारी भइरहेको दूतावासका श्रम सहचारी अम्बिका प्रसाद दवाडीले जानकारी दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल