विवादको कारण एनआरएन अमेरिकाको चुनाव अन्योलमा

विवादको कारण एनआरएन अमेरिकाको चुनाव अन्योलमा

लस एन्जलस, चैत १४– गैर आवासीय संघ, राष्ट्रिय समन्वय समिति अमेरिकाको आशन्न चुनाव विवादका कारण अन्योलमा परेको छ । आगामी मे २५ मा नयाँ कार्य समितिको नतिजा प्रकाशित गर्नुपर्ने विधानमा भएपनि चुनावका लागि कार्यतालिका अनुसार अहिलेसम्म कुनै काम अघि बढेको छैन ।
विधान अनुसार सदस्यता नविकरणका लागि अन्तिम म्याद मार्च १५, सदस्यता भेरिफिकेशन मार्च ३१, सदस्यताको अन्तिम नामावली निर्वाचन समितिलाई दिने अप्रिल ५, निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन अप्रिल १०, उम्मेदवार मनोनयन दर्ता सुरु अप्रिल १०, उम्मेदवारको पहिलो सुची अप्रिल १२, उम्मेदवार उपर दाबी विरोध अप्रिल १५, उम्मेदवारको अन्तिम नामावली प्रकाशन अप्रिल २०, मतदान मे २१ र नतिजा मे २५ मा प्रकाशन गनुपर्ने उल्लेख छ ।
न्यायिक समितिमा सदस्यता बन्ने म्याद थप र थप गरिएको चार दिनसम्म बनेका सदस्यहरूले मतदान गर्न पाउने कि नपाउने भन्ने विवाद बढ्दै गएको छ । यस्तै सदस्यता छानविन समितिका सदस्यविरुद्ध समेत उजुरी परेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल