बानाको अध्यक्ष पदमा अनसुया श्रेष्ठ बिजयी

बानाको अध्यक्ष पदमा अनसुया श्रेष्ठ  बिजयी

वाशिंगटन डीसी, चैत १४– अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को अध्यक्षमा अनसुया श्रेष्ठ वन्त बिजयी भएकी छिन् । हालै सम्पन्न निर्वाचनमा वन्त अध्यक्षका अन्य दुई प्रतिद्वन्दी सतिश चापागाई तथा श्रीजन ताम्राकारलाई हराउँदै विजयी बन्न सफल भएकी हुन् ।
वन्तले ३१२ मत प्राप्त गरिन् भने प्रत्याशीहरु चापागाईले २३४ तथा श्रीजन ताम्राकारले ७९ मत प्राप्त गरेका थिए । यसै गरि वरिष्ठ उपाध्यक्षमा सुबोध विलास पन्त ४४८ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी इन्दु रेग्मीले १६६ मत प्राप्त गरेका थिए । नव निर्वाचित अध्यक्ष अनसुया श्रेष्ठ वन्त कुशल गृहणी, ब्यवसायी तथा समाजसेवीका रुपमा बिगत २५ बर्ष देखी अमेरिकामा बसोबास गर्दै आएकी छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल