साझा सदभाव समूह ख्यङ्गी दो ग्वाङ्जु क्षेत्र गठन, चापागाईको नेतृत्व

साझा सदभाव समूह ख्यङ्गी दो ग्वाङ्जु क्षेत्र गठन, चापागाईको नेतृत्व

काठमाडौं, चैत १३–पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन साझा सदभाव समूह दक्षिण कोरिया ख्यङ्गी दो ख्वाङ्जु क्षेत्र रुद्र चापागाईको संयोजकत्वमा गठन भएको छ ।
३१ सदस्यीय उक्त समूहको उप–संयोजक तोकिएको छैन । त्यस क्षेत्रमा आवद्ध हुन चाहने सदस्यहरु अझधेरै थपिदै गएकाले अर्को हप्तामात्रै समूहले पूर्णता पाउने जानकारी दिइएको छ । त्यस्तै छल्लानाम दो ख्वाङ्जु सी क्षेत्रमा पनि सङ्गम सिलवालको संयोजकत्वमा ७ सदस्यीय समूह गठन भएको छ । उक्त समस्हको उप–संयोजक मिलन ज्ञावली रहेका छन ।
नेपालको दुषित राजनिति सफा गरेर समृद्धितिर अगाडी बढ्नको लागि पद्धति, पारदर्शिता, इमान्दारीता र उत्कृष्टताको चार खम्बा अत्यन्तै अहिलेको आवश्यक्ता रहेकोले यसले अबको राजनितिक निकास र आर्थिक विकासमा ठूलो परिवर्तन ल्याउने दृढविश्वासका साथ आफुहरुले समर्थन गरेको सहभागीहरुले बताएका थिए ।
यसअघि मिलनकान्छा किरातीको नेतृत्वमा साझा सदभाव समूह दक्षिण कोरिया सौल क्षेत्र गठन भए लगतै अर्को हप्ता धर्मराज जोशीको नेतृत्वमा ख्याङ्गी दो क्षेत्र गठन गरेर समूह निर्माण अभियानले तीव्रता पाएको थियो । किम्फो, फाजु, फोछन, उल्सान, किम्हे, थेगु, बुसान, जेजुदो, याङ्जु, ओईजङ्बु लगायत सौल खाङ्वन युनिभर्सिटीमा समेत ठूलो सङ्ख्यामा समूह गठनको अन्तिम तयारीमा रहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल