सांसदको टोली युएर्इमा

सांसदको टोली युएर्इमा

बिनोद श्रेष्ठ

युएर्इ, चैत १३–खाडीका देशमा कार्यरत नेपालीको अध्ययन गर्ने क्रममा प्रभु शाहको नेतृत्वमा रहेको सांसदको टोली युएई आइपुगेको छ ।

कतार हुँदै संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको ९ सदस्यीय टोली शनिबार साँझ युएर्इ आर्इ पुगेको हो। साउदी अरब, कुवेत र कतारमा कार्यरत कामदारलाई भेटघाट गरि युएई आएको हो।

समितिका सभापति प्रभु शाहको नेतृत्वको टोलीलार्इ कार्यबाहक राजदुत नेत्रबहादुर टन्डन र दितिय सचिव कृष्ण अर्यालले बिमानस्थलमा पुगेर स्वागत गर्नु भएको थियो ।

उक्त टोलीमा संसादहरू अशोककुमार मन्डल ,बिनोद श्रेष्ठ,ललिता कुमारी रेग्मी, प्रेमकिशोर प्रसाद शाह,राधादेवि तिमिल्सीना, राज्यलक्ष्मी श्रेष्ठ पाण्डे र संसद सचिवलयका उपसचिव झलक शर्मा सहित टोलीमा शाहकी श्रीमति रीना कुमारी शाह रहेका छन्।

अाज दुबर्इमा भेटघाट र अन्तरकृया र भोली नेपाली राजदुताबास अाबुधाबीमा नेपाली संघ सस्था तथा समुदायका प्रतिनिधि सँग अन्तरकृया गर्ने कार्यक्रम रहेको छ। साथै नेपाली कामदारहरूको बस्तु स्थिती बुझ्नको लागी लेबर क्याम भिजिट साथै काम गर्नै कम्पनी पुग्ने योजना रहेको दुतावासका दितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो।

टोली सोमबार साँझ ओमान जाने कार्यक्रम रहेको छ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल