बैदेशिक रोजगारमा नेपालीको समस्या समाधानको बाटो खोज्न खाडी आएका हौ- प्रभु शाह

बैदेशिक रोजगारमा नेपालीको समस्या समाधानको बाटो खोज्न खाडी आएका हौ- प्रभु शाह

प्रदिप नेपाली

कुवेत चैत १२- संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु शाहले बैदेशिक रोजगारमा नेपालीको समस्या समाधानको बाटो खोज्न खाडी देश भ्रमणमा निस्केको बताएका छन् | नेपाली दूतावास कुवेतको सभाहलमा कुवेतमा कार्यरत नेपालीहरु संगको अन्तरकृया कार्यक्रममा शाहले सो कुरा बताएका हुन् |

शाहले बैदेशिक रोजगारमा नेपालीले भोग्नु परेको समस्याले दुखित तुल्लाएको र आफुहरु समाधानको बाटो खोज्न हिडेको भन्दै समस्याका कारणहरुको पहिचान गरि समाधान खोज्न आफुहरु लागी पर्ने बताए ।

शाहले आफ्नै कमजोरीका कारण फ्रि भिसा फ्रि टिकटको व्यवस्था लागु हुन नसकेको बताएका छन । कम्पनिले फ्रि टिकट फ्रि भिसा दिन्छु भन्दा पनि होईन बरु भिसा टिकट तिमी राख मलाई कोटा देउ भन्ने खालको वाध्यता रहेको कारण कामदारहरुको तलब सुविधा बृद्दि र फ्रि भिसा फ्रि टिकटको व्यवस्था लागुहुन नसकेको बताए ।

कार्यक्रममा सहभागीहरुबाट व्यक्त बिचारहरु सुनेपछी जवाफ दिंदै शाहले आफु ३ वर्षदेखी संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति भएपनि खाडीमा आएर नयाँकुराहरु थाहा पाएको भन्दै जो कल्पनै नगरेको कुराहरु आफुले पाएको उल्लेख गरे ।

खाडीमा कार्यरत नेपालीको अवस्था  अध्ययन गर्न हीजो कुवेत आएको व्यवस्थापिका संसदको ९ सदस्यीय संसदीय टोली संगको छलफलमा सहभागी कामदार तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरुले घरेलु महीला कामदार आउने क्रम जारी रहेको, वैदेशिक रोजगारीमा ठगिनेक्रम झन बढेको, नेपालीले पाउने सेवा सुवीधा न्यूनस्तरको रहेको, लगायत अनेकौ समस्याहरु राख्दै त्यस्ता समस्या सुधार गर्न सुझाब दिएका छन् । एनआरएन एनसिसि कुवेत र जिफन्ट सपोट ग्रुप कुवेतले टोलिलाइ ज्ञापनपत्र समेत बुझाएका छन ।

राजदुत यज्ञ बहादुर हमालले श्रमिकका समस्याको अवस्था र निराकरण गर्नका लागि उच्चस्तरीय टोलीबाट निकै आशाबादी रहेको बताए ।

टोलीमा संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति सभापति प्रभु शाहसहित संसाद बिनोद श्रेष्ठ, प्रेमकिशोर शाह, राज्यलक्ष्मी श्रेष्ठ पाण्डे, राधादेवि तिमिल्सीना, अशोककुमार शाह, ललितकुमारी रेग्मी र संसद सचिवालयका उपसचिव झलक शर्मा सापकोटा छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल