अष्ट्रेलिया स्थित नेपाली अनलाइन नार्कोसी डटकम दोस्रोवर्षमा

अष्ट्रेलिया स्थित नेपाली अनलाइन नार्कोसी डटकम दोस्रोवर्षमा

 

काठमाडौं, चैत ११ – अष्ट्रेलियामा स्थापित बुनेशा इन्टरनेशनलद्धारा संचालित नार्कोसी डट कमले आफ्नो स्थापनाको दोस्रो वर्ष शुरुवात गरेको छ । सुचना र प्रविधिमा खोज तथा उत्पादन गर्ने उक्त संस्था नेपाली भाषाको अनलाइन पत्रकारीताको प्रवद्र्धनमा अघि बढिरहेको जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
विस्व भरि रहेका करिब एक करोड नेपाली भाषीमा लक्षित नाकोर्सी डटकमले नेपाली भाषाका भिडियो सामाग्री उपलब्ध गराउनु प्रमुख उद्धेश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, समाचार अन्र्तवार्ता, कमेडी खेलकुद संगित , फिल्म लगायत विषयहरु लाई प्रमुखता दिइने बताइएको छ ।
नार्कोसी डट कमले भिडियो उत्पादक च्यानलहरुलाई उनीहरुका लक्षित श्रोता सम्म सजिलै पुर्याउने व्यवस्था समेत गरेको छ । आफ्नो इच्छाअनुरुप रोजेको खोजेको भिडियो सामाग्री प्राप्त गर्न सकिने सुविधा उक्त पोर्टलमा प्रदान गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाली भाषाका श्रव्य दृश्य सामाग्रीहरुको सम्बद्धन, प्रवद्धन गरिने उद्धेश्यले पछिल्लो प्रविधिबाट उत्पादक दर्शक सम्म सबैलाई ठुलो मद्धत पुग्न सक्ने कम्पनीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल